चार वर्षअघि नै खड्का ल्याण्डबाट अलग भइसकेको हुँ : दीपक खड्का

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको स्पष्टिकरण दिएका छन् ।

उनले आर्थिक हिसावले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरु आफूले सम्हालेको भएपनि चार वर्ष अगाडि नै कम्मपनीबाट आफू अलग भएको दाबी गरे ।

‘म आजभन्दा चार वर्ष अगाडि त्यो कम्पनीबाट अलग भएर त्यहाँको सबै कुरा मिलाएर गरी खानुस भने कम्पनीका अरु साथिहरु लाई जिम्मा लगाएर हिँडेको हो । खड्का ल्याण्ड कम्पनीसँग मेरो कुनै सलग्नता नै छैन । त्यतिखेर मैले स्थापित गरेको र मेरो नामसँग सम्बन्धीत विषय भएको कारण मान्छेहरुले त्यसमा मलाई जोडिरहेको अवस्था हो’ उनले भने ।

उनले स्काउटलाई जग्गाको भाडा नियमित रुपमा तिर्दै आएको भएपनि आफूलाई तत्कालीन अवस्थादेखि नै राजनीतिक पूर्वाग्रह राखेर निकाल्न खोजिएको कारण चार वर्ष अगाडी नै आफ्नो नामको शेयर स्वामित्व बेचेर बाहिरिएको बताए ।

खड्का ल्याण्ड आफूले स्थापना गरेको र नामसँग मिल्दोजुल्दो भएकै कारण आफूलाई जोड्ने गरिएको भन्दै उनले आपत्ति समेत जनाए ।

‘जतिबेला स्काउट आर्थिक हिसाबले चरम अभावमा थियो त्यतिबेला बनेका संरचनाहरु सम्हाल्नको लागि मलाई खोजेर ल्याएर जिम्मा लाएको हो । त्यतिबेला पनि मैले टेण्डर प्रक्रियामार्फत भाडा तिर्दै आएको हो । त्यो प्रक्रिया नियमित भइरहेको अवस्थामा पछि राजनीतिक पूर्वाग्रहका कारणले त्यहाँबाट निकाल्न खोजियो,’ उनले भने ‘म किन निस्कने भन्दाखेरी बत्ति काटियो । त्यो सबै काम राजनीतिक पूर्वाग्रहको कारणले भएको थियो कुनै लेनदेनको हिसाबले थिएन । पछि कोरोनाको प्रकोप आयो । त्यस समयमा सबैले छुट पाए । त्यो कम्पनीले छुट पाएन । त्यसको भाडा विवाद थियो केही अझैसम्म पनि छ ।’

काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा नेता खड्का संलग्न कम्पनीले निर्माण गरेका संरचनामा काठमाडौं महानगरपालिकाले बिहीवार डोजर लगाएर भत्काएको थियो ।

खड्काले स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको भएपनि लामो समयदेखि भाडा नतिरेको भन्दै महानगरले डोजर चलाएको हो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =