सभामुखविरुद्ध महाअभियोग दर्ता
२०८२ कार्तिक २७ गते

जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता गराएका छन् ।
आज मधेस प्रदेशसभा सचिवालयमा सभामुख मण्डलविरुद्ध सात राजनीतिक दलले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले ६४ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गराएको छ ।
प्रदेशसभामा १०७ सदस्य रहेको छ । अहिले तीन जना सांसद निलम्वनमा छन् ।
२०८२ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








