चन्द्रकुवेर खापुङलाई विदेश जान रोक, अनुमति बिना काठमाडौँ छाड्न नपाउने
२०८२ कार्तिक २७ गते

काठमाडौं । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ ।
भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको आज बसेको बैठकले खापुङलाई हाललाई विदेश प्रस्थानमा रोक लगाउने निर्णय गरेको हो ।
आयोगले खापुङलाई आयोगको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था समेत गरेको छ ।
आयोगले घटनासँग सम्बन्धित प्रमाण संकलन तथा छानबिन प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।

२०८२ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








