अहिले मुलुकमा निर्वाचनको विकल्प सोच्ने ठाउँ पनि छैनः खिमलाल देवकोटा

काठमाडौँ । संविधानविद् खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका उनले निर्वाचनमार्फत प्रतिनिधि पुनः स्थापना गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

मंगलवार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित प्रतिनिधि सभाको निर्वाचनस् चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकाले त्यसभन्दा दायाँबायाँ सोचेर अघि बढ्न नमिल्ने तर्क समेत गरे ।

उनले भने ‘प्रतिनिधि सभाको विघटन भएको हो । त्यो प्रतिनिधिसभाको निर्वाचनमार्फत पुनः स्थापना गर्ने कुरा हो । दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन । राष्ट्रपति फागुन २१ गते निर्वाचन गर्ने तपाईँको जिम्मेवारी हो भनेर टिओआर दिनुभएको हो । यो सरकारले फागुन २१ गते चुनाव गर्नका लागि मन्जुर गरेर त्यो कुर्सी लिएर आएको हो । त्यसकारण त्यसभन्दा भिन्न ढंगले मैले सोच्ने ठाउँ छैन । त्यसकारण निर्वाचनमार्फत प्रतिनिधिसभा आउने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो ।’

नेता देवकोटाले मुलुकलाई अघि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =