बाँकेमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
२०८२ कार्तिक २५ गते

काठमाडौँ । बाँकेमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अमरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सरावल गाउँपालिका–२ पटखौली बस्ने ३२ वर्षीय मान सिँह चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८२ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








