देशभर मौसम सफा, पहाडी भूभागमा आंशिक बदलीको सम्भावना
२०८२ कार्तिक २५ गते

फाइल फोटो।
काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । राति पनि गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्यत्र मौसम सफा नै रहने महाशाखाले जानकारी दिएको छ ।
यस वर्षको हिउँदमा वर्षा र हिमपात कम हुँदा त्यसको असर कृषि तथा वातावरणमा पर्न सक्ने चिन्ता व्यक्त भइरहेको बेला हाललाई भने देशभर मौसम सामान्य रहने देखिएको छ।
२०८२ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








