आगजनी तथा तोडफोड गरेको अभियोगमा तीन जना पक्राउ
२०८२ कार्तिक २४ गते

फाइल तस्बिर
भक्तपुर । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सूर्यविनायक–८ स्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण–७ को प्रहरी प्रभाग खरिपाटीमा तोडफोड तथा आगजनी गरेको अभियोगमा तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
सो अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–९ पलासेका सुदीप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल भक्तपुरमा बस्दै आएका छेकु लामा र चाँगुनारायण नगरपालिका–६ खरिपाटीका ४६ वर्षीय सुरेश बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई आजै अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।
२०८२ कार्तिक २४ गते
प्रतिक्रिया








