‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराइने जनाइएको छ ।
सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिने बताइएको छ । यस डिजिटल ऋण योजना अन्तर्गत व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ ।
कम्पनीका अनुसार योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यो ऋण सुविधा अन्तर्गत न्यूनतम रु. ५०,००० देखि अधिकतम रु. ५,००,००० सम्म ऋण लिन सकिनेछ ।
ऋण भुक्तानी मासिक किस्ता मार्फत गर्नुपर्नेछ बैंकले यो नयाँ डिजिटल ऋण सुविधा मार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाई उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास लिएको छ ।
प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले ‘क्यूआर मर्चेन्ट लोन’ एउटा कोशेढुङ्गा भएको तथा यसले कर्जालाई सहज रूपमा ग्राहक र बैंकसँग जोड्ने बताए ।








