लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही शेर्पा सम्मान

काठमाडौँ । ३१ औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई लुम्बिनी विकास बैंकले सम्मान गरेको छ ।
शेर्पाले लुम्बिनी विकास बैंकसँग स्थापनाकालदेखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका थिए ।
यसपटक पनि उनले बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएकामा बैंकले आज सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले उनको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरे ।
कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा विगत दुई दशकदेखि यस लुम्बिनी विकास बैंकलिमा ‘निरन्तर सहयात्री’ बनी आबद्ध छन् । उनको यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औँ पटक आरोहण गरेको जानकारी दिए ।
उनले यस साहसिक कार्यले लुम्बिनी विकास बैंक सहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बताइएको छ ।








