जेनजी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयो: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरूको गल्ती भएको बताएका छन् ।

सोमवार पार्टीले काठमाडौँमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसदमै बंगलादेशजस्तो बनाइदिने धम्की दिए पनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ती भएको स्वीकारे ।

उनले एमालेलाई महासागरजस्तो संगठन भएको दाबी गर्दै एमालेलाई घरघरका युवाले साथ दिएको जिकिर पनि गरे । उनले अध्यक्ष ओलीले एमालेका सबै युवा र नेताहरू सही विचार र सङ्कल्पका साथ देश र जनहितमा काम गर्ने सङ्गठनका सदस्य भएको पनि बताए ।

उनले भने ‘कोही कोहीले त संसदमै बङ्गलादेश जस्तो बनाइदिन्छौ भनेकै थिए । तर हामीले टोल टोलमा सुरक्षा समिति गठन गरेनौँ त्यो हाम्रो गल्ती भयो । नेकपा एमाले भनेको एउटा तिलतले खोल्सी होइन यो एउटा महासागर जस्तो संगठन हो । जसमा युवापंक्तिको सबैभन्दा ठुलो सहभागिता छ । कोही कोहीले युवा छैन एमालेसँग भन्छन्, अनि को सँग छ युवा ? फेसबुक युवा होइन घरघरको युवा नेकपा (एमाले) सँग छ । फेसबुकमा त एमालेसँग केही पनि छैन । नेकपा (एमाले) का सबै युवाहरू, सबै नेताहरू सही विचार र सङ्कल्प भएको संगठन हो । देश र जनहितमा काम गर्ने संगठन हो भनेर आफूहरूलाई चिन्नुपर्छ ।’

उनले जेन—जी विद्रोहलाई केही आपराधिक समूह एवं व्यक्तिहरूले हाईज्याक गरेको पनि बताए । उनले मुलुकको शान्ति र सुरक्षाका लागि पाटीले यूथ भोलिन्टियर फोर्स गठन गर्ने कार्यको प्रारम्भ भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =