प्रधानमन्त्रीलाई काँग्रेस नेता सिटौलाले भने- निर्वाचन सार्ने/टार्ने काम नगर्नुस्

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् ।

काँग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराए । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक सङ्कटमा फसेको उल्लेख गर्दै त्यसको निदानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

नेता सिटौलाले मुलुकलाई संकटबाट निकास दिन सबै राजनीतिक दलहरू मिलेर नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता समेत औँल्याए ।

उनले भने ‘प्रधानमन्त्रीलाई मैले भनेको छु निर्वाचन गराउन सफल हुनुहोस् । निर्वाचन सार्ने कुरा नगर्नुहोला । निर्वाचन टार्ने कसैले तपाईँलाई सुझाव दियो भने नमान्नुहोला भनेर मैले सुझाव दिएको छु । त्यसकारण फागुन २१ गते टाढा छैन । ४ महिना पनि छैन अव । त्यो निर्वाचनलाई कसरी सफल बनाउने हो रु त्यो तपाई हामी सबैको चुनौतीको रूपमा आएको छ । संक्षेपमा भन्ने हो भने देश सङ्कटमा पुग्यो अचानक । लोकतन्त्र, लोकतान्त्रिक शासन प्रणाली सङ्कटमा पुग्यो । संवैधानिक व्यवस्था सङ्कटमा पुग्यो । पार्टीहरू सङ्कटमा पुगे । अव हामी सबैले समझदारी गरेर मुलुकलाई संकटबाट निकास दिनुपर्छ ।’

नेता सिटौलाले मुलुकलाई निकास दिन लोकतान्त्रिक शक्तिहरूले मिलेर काम गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =