भदौ २३ र २४ को घटनाले देशलाई दशकौँ पछाडि धकेल्यो: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौँ पछाडि धकेलेको बताएका छन् ।
घर फर्क राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको आरोप लगाए । उनले यसले समाजलाई सही दिशा प्रदान गर्न नसक्ने बताए । प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके मुलुकको लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने जिकिर गरे । प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनः स्थापना आवश्यक रहेको बताए ।
राजनीतिक दलहरू छलफलमा उपयुक्त बाटो प्रतिनिधि सभाको पुनः स्थापना भन्ने गरिरहेको तर भन्न डराइरहेको बताए । अहिलेको अवस्थामा फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए ।
उनले भने ‘वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको छ । यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन । हाम्रो पार्टीको मान्यता छ, २३ र २४ गतेको घटनाले मुलुकलाई अगाडि होइन, दशकौँ पछाडि धकेल्ने काम भएको छ । प्रतिगमनकारी षड्यन्त्रलाई हामीले पराजित गर्न सकेनौँ भने मुलुकको लोकतान्त्रिक दिशा सही बाटोमा अगाडि बढ्न सक्दैन । प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनः स्थापना गर्नुपर्दछ । त्यो हाम्रो एजेण्डा हो । भन्न राजनीतिक दलहरू भित्र छलफलमा भन्ने गर्नुहुन्छ, सबैभन्दा उपयुक्त बाटो त प्रतिनिधि सभाको पुनः स्थापना नै हो । तर अहिले भन्न मिल्दैन । के भय छ रु अहिलेको अवस्थामा फागुन २१ गते चुनाव हुनसक्छ भन्नेकुरामा विश्वास गर्नुहुन्छ रु चुनाव हुने वातावरण त छैन तर चुनावलाई अस्वीकार गर्न सकिँदैन के भनेको रु’
महासचिव पोखरेलले घर फर्क अभियानको शुभारम्भ भएको आगामी दिनमा यसले निरन्तरता पाउने बताए । उनले एमाले वैचारिक, राजनीतिक रूपमा स्पष्ट रहेको पनि बताए ।








