अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधिहरूलाई एकीकृत गर्न कानुनविद् देवकोटाको सुझाव

काठमाडौँ । कानूनविद खिमलाल देवकोटाले अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधिहरूलाई एकीकृत गर्न सुझाव दिएका छन् ।

सोमवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

अध्यागमन ऐन र ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अध्ययनका विषयमा आयोजित छलफलमा बाल्दै कानुनविद् ऐनका अतिरिक्त विभिन्न कार्यविधि, निर्देशिका र मापदण्डहरू बनेको बताउँदै यस्ता कानुनी व्यवस्थाहरूमा एकरूपता आवश्यक रहेको औँल्याए । उनले अध्यागमन ऐनमै नियम बनाउने अधिकार दिइएकाले सबैकुरा ऐनमा समावेश गर्न सम्भव नहुने भएपनि कार्यविधि, निर्देशिका र मापदण्ड तयार गर्दा ऐन र नियमसँग सुसंगत हुनुपर्नेमा जोड दिए ।

नेपालको अध्यागमनमा देखिएका समस्याहरूको समाधानका लागि सबै कानुनी व्यवस्थाहरूलाई एकीकृत गरेर बलियो कानुनी संरचना बनाउन सुझाव दिए ।

उनले भने ‘ऐन र नियमका अतिरिक्त अध्यागमन कार्यविधि पनि बनेको रहेछ । पर्यटन भिसामा विदेश प्रस्थानसम्बन्धी कार्यविधि, २०८० अनलाई भिसासम्बन्धी कार्यविधि, अध्यागमन हिरासत व्यवस्थापन कार्यविधि, नागरिक अनुगमन कार्यदिशासँगै विविध कार्यविधि, निर्देशिका र मापदण्ड बनेका रहेछन् । कानुनमा नभएपनि सम्बन्धित मन्त्रीले नीतिगत निर्णय लिएर स्वीकृत गर्ने कुराहरू देखिएका छन् । यस्ता कुराहरू हेर्न आवश्यक छ । त्यसकारण हामीले नियमावली पनि तयार गरेका छौँ । अध्यागमन ऐनमै नियम बनाउने अधिकार दिएको छ । सबैकुरा ऐनमा समावेश गर्न सम्भव नहुने भएको कारण यो एकदमै महत्त्वपूर्ण रहेको छ । तर प्रत्यायोजित विधायनको दृष्टिकोणबाट के देखिन्छ भने ऐनले सीमित अधिकार मात्र दिएको तर कार्यविधि, निर्देशिका, मापदण्ड बनाउन दिएको देखियो । यस्ता सबै कुराहरूलाई एकीकृत गर्नुपर्ने देखिन्छ ।’

अध्यागमनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्नुपर्ने आजको आवश्यकता रहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =