कुलमानको पार्टीको नाम उज्यालो नेपाल रहने, चुनाव चिह्न चिम
२०८२ कार्तिक २४ गते

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ ।
आइतबार राति बसेको बैठकले सो नाममा निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।
तत्कालका लागि पार्टी दर्ता प्रक्रियालाई अघि बढाउन पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा सबै सदस्य रहने गरी समिति गठन गरिएको छ । पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहने तय भएको छ ।
यसअघि दलको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने प्रारम्भिक सहमति भए पनि अन्तिममा ‘उज्यालो नेपाल’ नाममै आयोगमा जाने निर्णय गरिएको हो ।
कुलमान घिसिङनिकट एक नेताका अनुसार अहिले पार्टीमा कुनै पदाधिकारी तोकिएको छैन । उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी भने गठन गरिने तयारी छ ।
२०८२ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित








