‘सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयकहरु पारित गर्न सकिन्छ’

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयकहरु पारित गर्न सकिने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आईतवार बसेको बैठकमा उनिहरुले यस्तो बताएका छन् ।

बैठकमा राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले सरकार तयार भए सभाबाट समितिमा आएका विधेयकहरुलाई छलफल गरेर टुङ्याउन सकिने बताए ।

सरकारले संसदमा विधेयकहरु ल्याईरहेको उल्लेख गर्दै उनले राष्ट्रिय सभा सञ्चालनको लागी सरकारले वातावरण बनाउनपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय सभाबाट पारित भएर गएका विधेयकहरुको समयसीमा नहुने हुँदा प्रतिनिधि सभा शुरु बित्तिकै त्यहाँ छलफल गर्नेगरी तयारीमा राख्नसक्ने उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले राष्ट्रिय सभा भाषण गर्नको लागि मात्रै सञ्चालन गर्न नहुने बताए ।

उनले सभा सञ्चालनको लागी सरकारले विजनेस दिनुपर्ने बताए । उनले सभा सञ्चालन गर्नुभन्दा पहिले पूरा तयारी गर्नुपर्ने बताए । उनले सभा चलेको १५ दिनमा अन्त्य हुने अवस्था आए राम्रो नहुने बताए ।

बैठकमा सहभागी सबै सदस्यहरुले सरकारसँग समन्वय गरेर राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सांसदहरुले सभा संचालन गरेपनि सरकारले बिजनेस नदिनेतर्फ आशंका समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =