एन आई सी एशिया बैंकका ग्राहकहरूलाई पर्वतमा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट सुविधा उपलब्ध

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात् यस बैंकका ग्राहकहरूले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरू लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस बैंकका ग्राहकहरूले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरूमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =