देश जलाउनेहरूले नै सरकार चलाइरहेका छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै जेन–जी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले जेन–जी आन्दोलन सडकमा उफ्रिनेहरूले नै देश जलाउने काम गरेको जिकिर गरेका हुन् ।

जलाउनेहरूले नै देश चलाउने तमासा देखाइरहेको अध्यक्ष ओलीको भनाई थियो । उनले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरू अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ । जसले जलाउने त्यसले चलाउने । यस्तो तमासा भइराखेको छ । जलाउनुका पछाडि पनि यिनै थिए । मैदानमा देखिएका थिए । मैदान एक एक फिट माथि बुरुक्क उफ्रिएकै थिए । अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्त्वहरू देखिएका छन् । जो संविधानले मिल्दैमिल्दैन, हुँदै हुँदैन भन्छ । तिनै व्यक्तिहरू ।’

अध्यक्ष ओलीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको स्पष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =