स्वास्थ्य सेवा अभियन्ता सोइना शर्मालाई ‘जेसीज सम्मान–२०२५’ प्रदान

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्रकी अग्रणी अभियन्ता सोइना शर्मालाई ‘जेसीज सम्मान–२०२५’ प्रदान गरिएको छ ।

विराटनगर जेसीजले आयोजना गरेको जेसीज सप्ताह–२०२५ को समापन समारोहमा शर्मालाई जेसीज सम्मान प्रदान गरिएको छ ।

विराटनगरमा सम्पन्न कार्यक्रममा जेसीजले नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा पूर्व सांसद डा. सुनिल शर्माकी सुपुत्री सोइना शर्मालाई स्वास्थ्य सेवा क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदान, समर्पण र मानवीय सेवाभावको कदर गर्दै सम्मान गरेको हो । शर्मा हाल नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजकी सञ्चालक पनि हुन् ।

समारोहमा वक्ताहरूले युवा उमेरमै शर्माले देखाएको नेतृत्व, इमानदारी र सामाजिक उत्तरदायित्वप्रतिको समर्पणको प्रशंसा गर्दै स्वास्थ्य सेवा क्षेत्रमा उनको दृढता र लगनशीलताले समाजमा सकारात्मक प्रभाव पारेको बताएका थिए ।

विराटनगरका मेयर नागेश कोइरालाले शर्माले स्वास्थ्य सेवा क्षेत्रलाई नाफा भन्दा पनि मानवीय संवेदनाको दृष्टिले अगाडि बढाउँदै आएको बताए । ‘उहाँ जस्ता व्यक्तिहरूको योगदानले नै हाम्रो समाजमा मानवताको उज्यालो फैलिएको छ । विराटनगर जेसीजको यस्तो सम्मानले सेवाभावलाई अझ प्रेरणा दिन्छ’ उनले भने ।

शर्मा लामो समयदेखि स्वास्थ्य क्षेत्रको व्यवस्थापन, सेवा विस्तार र जनहितमुखी गतिविधिहरूमा सक्रिय रहँदै आएकी छिन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सामाजिक अभियन्ता, युवा उद्यमी तथा जेसीजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =