‘सुकुमबासी समस्यालाई सक्काउने कि सुकुमबासीलाई नै ?’

काठमाडौं । सामाजिक अभियन्ता ईःले सामाजिक सञ्जालमार्फत सुकुम्बासी समस्या र वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन् ।

‘सुकुम्बासी समस्यालाई सक्काउने कि सुकुम्बासीलाई नै सक्काउने? गरीबी समाप्त गर्ने कि गरीबलाई नै समाप्त गर्ने, विदेश भगाउने?’ उनले लेखेका छन् ।

उनले हालको राजनीतिक वातावरणलाई ‘लोकरिझ्याईँबाद संस्थागत भएको फासीबाद उन्मुख अवस्था भन्दै चर्को आलोचना गरेका छन् ।

ईः लेख्छन्, ‘जबसम्म न्यायसमता र लोकतान्त्रिक मूल्यमान्यता बलियो रहन्छन्, विवेकसम्मत नागरिकको धारणाको ओज पचासवटा हावाका गुञ्जनभन्दा भारी हुन्छ ।’

भूमि आयोगले भूमिहीन र हुकुमबासीबीच स्पष्ट छुट्याउने कार्यादेश दिइसकेको उल्लेख गर्दै उनले मानवता केन्द्रित व्यवस्थापनको माग गरेका छन् । ‘विस्थापन होइन, मानवतालाई केन्द्रमा राखेर व्यवस्थापन गर । काठमाडौँमा लागू गरिएको मानक देशभर लागू हुन्छ, त्यसैले यहाँको निर्णय न्यायिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ,’ उनले लेखेका छन् ।

ईःले सरकारले विधिको शासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखे मात्रै वास्तविक समाधान सम्भव रहेको बताए ।

उनले चुनावी माहोलमा सुरक्षास्थिति खलबलाउने कार्यलाई कुनै पनि विवेकशील नागरिकले समर्थन गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =