चीन, रुस र मंगोलियाद्वारा चिया सडक पर्यटन योजनामा हस्ताक्षर

काठमाडौं । २०२५-२०२६ को लागि चीन-रुस-मंगोलियाले चिया सडक पर्यटन सहयोग र विकास योजनामा उत्तरी मंगोलियाली शहर डार्कानमा हस्ताक्षर गरेका छन् । पर्यटन क्षेत्रमा त्रिपक्षीय आदानप्रदानलाई गहिरो बनाउने उद्देश्यले चीन, रुस र मंगोलियाको नवौं पर्यटन मन्त्रीस्तरीय सम्मेलनको क्रममा शुक्रबार यो योजनामा हस्ताक्षर गरिएको थियो ।
योजनाअनुसार तीन पक्षले चिया सडकमा संयुक्त पर्यटन मार्गहरू र स्टपहरू विकास र प्रवद्र्धन गर्नेछन् । चिया सडकमा क्रस-बोर्डर स्व-ड्राइभिङ टुर ब्रान्ड शुरु गर्नेछन् । सीमापार पर्यटनको लागि सुविधाको स्तर सुधार गर्नेछन् । बैठकमा तीन देशका पर्यटन विभाग र सम्बन्धित संघका प्रतिनिधिहरू उपस्थित थिए ।
सम्मेलनको क्रममा चीन-रुस-मंगोलिया ट्राभल एजेन्टहरूको बैठक पनि आयोजना गरिएको थियो । जसले तीन देशका दर्जनौं सांस्कृतिक र पर्यटन उद्यमहरू र पर्यटन संघहरूलाई आकर्षित गरेको छ । चिया सडक विषयवस्तुमा आधारित प्रदर्शनी र चिया सडक स्व-ड्राइभिङ टुरको लागि एक उद्घाटन समारोह एकैसाथ आयोजना गरिएको थियो ।








