कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
२०८२ कार्तिक २२ गते

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा बस्ने गरी बोलाइएको हो ।
बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक अनुरोध गरिएको छ ।

२०८२ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित








