अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् ।

अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गरेका हुन् ।

आफ्नो पार्टी छोडेर विभिन्न पार्टीमा गएका नेता तथा कार्यकर्तालाई ढोका खुला रहेको उनिहरूको क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने अध्यक्ष यादवको भनाइ छ ।

मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप सङ्गठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकालाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने जसपाले निर्णय गरेको छ ।

अध्यक्ष यादवले भनेका छन ‘यो पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडे पनि उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु’, अध्यक्ष यादवले भने ‘जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =