रामकुमारीको आग्रह– ‘ड्यूटीका प्रहरीलाई यातना टर्चर नदेऊ’

काठमाडौँ । नेतृ रामकुमारी झाँक्रीले ड्युटीमा खटिएका प्रहरीमाथि अन्याय नगर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले ड्युटीमा बसेको सिपाहीलाई टर्चर नदिन आग्रह गरेकी हुन् ।

जेनजी आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रहरीको बयान लिन थालेपछि झाँक्रीले यस्तो बताएकी हुन् ।

‘ड्यूटी र जिम्मेवारी फरक हुन् । ड्युटीमा बसेको सिपाहीलाई बयान बोलाउँछौ कि बर्दी, हातहतियार, रेडियो सेट बुझाएर चौकीमा आगो झोस्न दिएर ज्यान जोगाउन भाग भन्ने आदेश दिनेलाई बयान लिने ?’ उनले प्रश्न गरेकी छन् ।

उनले ड्युटीमा रहेका प्रहरीहरूले आदेशअनुसार आफ्नो कर्तव्य पूरा गरेको बताएकी छन् । ‘ड्युटीको आदेश दिने र आदेश लिने दुवै सिपाहीले कर्तव्य पालना गरेका हुन् । ड्यूटीका प्रहरीलाई टर्चर नगर’ उनले लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =