पत्रकारिताका कारण हिल्टन होटल जल्यो : दिनेश डिसि

काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेनजी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गरेका छन् ।

आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताए ।

डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताए । ‘हिल्टन होटल कसरी जल्यो ? अरु ककसको जल्यो जल्यो होला, हिल्टन कसरी जल्योे भन्दा पत्रकारिताकै कारणले गर्दा मात्रै जल्यो । जल्यो देशलाई घाटा भयो । पर्यटन उद्योगलाई घाटा भयो । तर लगानीकर्तालाई घाटा भएन । इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो । उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो । पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त’ उनले भने ।

इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पु¥याउने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =