पार्टी खोल्दै खगेन्द्र सुनार, निर्वाचन आयोगमा दिए निवेदन

काठमाडौं । अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा नयाँ राजनीतिक दल ‘हाम्रो पार्टी नेपाल’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन परेको छ । सुनारको सभापतित्वमा दर्ता निवेदन पुगेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार हाल उक्त दलको दर्ता निवेदन अध्ययनको क्रममा छ । आयोगमा दर्ता निवेदनसँगै पार्टीले गोलो घेराभित्र ‘लाइक’ (👍) चिन्हलाई चुनाव चिन्हका रूपमा प्रस्ताव गरेको छ ।

दल दर्ताका लागि केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र, विधान, नियमावली, घोषणापत्र र समर्थकहरूको विवरण लगायतका कागजात आवश्यक पर्ने आयोगले जनाएको छ ।

पार्टी दर्ताका लागि कम्तीमा ५०० जना नागरिकले आफ्नो नागरिकताको प्रमाणपत्रसहित दल खोल्न सहमति जनाएको स्वघोषणा गर्नुपर्छ । ती व्यक्तिहरू कुन जिल्लाका हुन् भन्ने विवरण खुलाइएको हुन्छ, र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुगेर समर्थन गर्ने व्यक्तिहरूले सनाखत गर्नुपर्ने प्रावधान छ ।

आयोगका अनुसार सबै जिल्लाबाट सनाखत प्रक्रिया पूरा भएपछि आवश्यक कागजातसहित दर्ता प्रक्रिया अगाडि बढाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =