बेलायतबाट फिर्ता बोलाइएका राजदूत चन्द्र घिमिरेले दिए राजीनामा

काठमाडौं । बेलायतबाट फिर्ता बोलाइएका नेपालका राजदूत चन्द्र घिमिरेले नेपाल फर्किएलगत्तै राजीनामा दिएका छन् ।

सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत तीन दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएपछि मंगलबार साँझ नेपाल फर्किएका घिमिरेले बिहीबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।

‘राज्यले मर्यादा (डिग्निटी) नदिएपछि काम गर्न सकिन्न,’ उनले भने, ‘देशको प्रतिनिधित्व गर्ने गरिमामय पदले डिग्निटी नपाएपछि राजीनामा दिने निर्णय गरेँ ।’

घिमिरेले राजीनामासँगै बेलायतस्थित दूतावासमा आफ्नो करिब ९ महिनाको कार्यकालमा गरेको कामको १५ पृष्ठ लामो प्रगति प्रतिवेदन पनि बुझाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =