एन्फामा पारदर्शिताको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध फुटबलका सरोकारवालाहरूले धर्ना दिएका छन् ।

बिहीबार बिहान अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । उनीहरूले एन्फा मुख्यालयमा धर्ना दिए । उनीहरूले एन्फा फुटबल एसोसिएसन की कन्सलटेन्सी, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ? नो गेम, नो फ्रेमस् एन्फाज टु ब्लेम, घरेलु लिग चलाउः फुटबल बचाउ, वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेन्डरमा होइन, ग्राउण्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

एन्फा भित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लबहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् । २०८२ मा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर यो रकमको विस्तृत हिसाब सार्वजनिक नहुँदा केही क्लबहरूले असन्तुष्टि जनाएका छन् ।

यसबाहेक खेलाडीहरूको तलब र सुविधाको विषयमा पनि विवाद छ । गत सिजनमा केही क्लबहरूले खेलाडीहरूलाई समयमै तलब नदिएको गुनासो आएको थियो । यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा असर परिरहेको फुटबल विश्लेषकहरूको भनाइ छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =