नेत्री झाँक्रीको समूह एकीकरण प्रक्रियामा सहभागी नहुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहितका केही नेताहरुले नेकपा (माओवादी केन्द्र) सहित १० कम्युनिष्ट पार्टीबीच हुने एकता प्रक्रियामा सामेल नहुने बताएकी छन् ।

आज पत्रकार सम्मेलन गरी नेत्री झाँक्री र विघटित प्रतिनिधिसभाका सदस्य किसान श्रेष्ठले पार्टीको तर्फबाट एकीकरणका पक्षमा निर्णय भएपनि आफूहरू त्यसमा सहभागी नहुने स्पष्ट गरेकी हुन् ।

एकता र विभाजनका शर्तहरुमा अगाडि जाने गन्तव्यका बारेमा स्पष्ट सोच हुनुपर्ने तथा सिद्धान्त र कार्यक्रम मिल्नेसँग एकता गर्ने नेत्री झाँक्रीले बताइन् ।

यसैगरी नेता श्रेष्ठले नेकपा (एमाले) ले पुरानै घरमा फर्कन अनुरोध गरिरहेको सन्दर्भमा निशर्तरुपमा एमालेमा फर्कन चाहेको बताए ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका नेता पीताम्बर तिमिल्सनालगायत सहभागी थिए ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दलहरुबीच आज एकता घोषणा हुन लागेको सन्दर्भमा पत्रकार सम्मेलनमार्फत सो जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =