वामदेव गौतमको प्रश्तावः प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔँ

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
बुधवार काठमाडौँमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सधैभरी ६र६ महिनामा सरकार परिवर्तन गर्ने, महिनामहिनामा सरकार परिवर्तन गर्ने विद्यमान शासन प्रणाली समाप्त गरेर मात्रै मुलुकलाई अघि बढाउन सकिने नेता गौतमको तर्क थियो । उनले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको जिकिर समेत गरे ।
नेता गौतमले भने ‘यो सधैँभरि ६र६ महिनामा सरकार परिवर्तन गर्ने, महिनारमहिनामा सरकार परिवर्तन गर्ने सिस्टम राज्य सञ्चालन र शासन यो प्रणाली समाप्त गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपयीय प्रणाली कायम गर्नुपर्दछ । र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्दछ । त्यसो भयो भने हामी अगाडि बढ्न सक्छौँ । तपाईँहरूलाई मेरो विनम्र अनुरोध छ–यो प्रस्ताव पारित गरिदिनोस्, यसलाई साथ दिन जनता तयार छ ।’
नेता गौतमले पार्टी सञ्चालनका लागि नेताहरूले अनिवार्य रूपमा वर्षमा एक महिना श्रम शिविरमा काम गर्ने व्यवस्था हुनुपर्ने समेत बताए ।








