जेनजी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्यो: सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेन–जी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरूका सामु रहेको बताएका छन् ।

बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अमुख जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेन–जी विद्रोहले खारेज गरिदिएको पनि बताए । उनले समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरू थप चनाखो हुनुपर्नेमा जोड दिए ।

उनले उनी राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्याङ्क नै मुलुकको विकासका निम्ति गम्भीर समस्याको रूपमा रहेको धारणा राखे । उनले जेन–जी विद्रोहले उठाएका एजेण्डाहरुलाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको पनि बताए ।

उनले भने ‘जेन–जी आन्दोलनले भ्रष्टाचारलाई खारेज गरेको छ । कुशासनलाई खारेज गरेको छ । नातावादलाई खारेज गरेको छ । कृपावादलाई खारेज गरेको छ । र अमुख जाति, भाषा र संस्कृतिको मात्र नेतृत्व हुने कुरालाई पनि खारेज गरेको छ । यी कुराहरूलाई स्थापित गर्ने कुरा राजनीतिक दलका लागि सबैभन्दा ठुलो चुनौती हो भन्ने मलाई लाग्छ । त्यसकारण नेपाली समाजलाई अझै लोकतान्त्रिक बनाउने, अझै अग्रगमनतिर लग्ने, प्रगतिशील र अग्रगामी बनाउने कुरामा दलहरू चनाखो हुनुपर्छ । अहिले हाम्रो तथ्यले नै हामीलाई बरबाद पारिरहेको छ । यो देश कुनैपनि जाति र समुदायको बहुमत भएको देश होइन । तर एउटै जाति, एउटै समुदाय र एउटै लिङ्गका मानिसहरू बारम्बार राज्यसत्तामा भइरहनुपनि भन्ने कुरा पनि जेनजी विद्रोहले गरेको गरेको छ । त्यसकारण आज जेनजी आन्दोलनले मुलुकमा जुन वातावरण सिर्जना गरेको छ । त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टी जेनजी आन्दोलनले स्थापित गरेका एजेण्डालाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध रहेको छ । हामी जेनजी आन्दोलनको मर्म र मागअनुसार नै पार्टीलाई अगाडि बढाउँछौँ ।’

उनले पार्टीमा रहेका समस्याहरूको समाधान खोज्दै पार्टीलाई जेनजी आन्दोलनको मर्मअनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =