माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलबीच एकता (तस्बिरहरु)

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको बुधवार काठमाडौंमा सो सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा पार्टीका शीर्ष नेताहरु दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरे ।

सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिए ।

सम्मेलनमा पार्टीको विधान, केन्द्रिय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेण्डा तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =