प्रचण्ड–माधवकै कित्तामा झलनाथ खनाल, एकता कार्यक्रममा सहभागी

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका छन् ।
नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी भएका हुन् । यसअघि आज बिहानै उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका थिए ।
खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका ४ शर्त पूरा गरे एमालेमा फर्कने धारणा राख्दै आउनुभएको छ । सम्मेलनमा दाहाल, माधवकुमार नेपालसहितको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा लगायतका १० वटा कम्युनिष्ट पार्टीका नेताहरु सहभागी भएका छन् ।








