रास्वपाका घरबेटी देवकोटाले त्यागे पार्टी सदस्यता, पाएका थिएनन् घरभाडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय कार्यालयका घरबेटी भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन् ।

उनले आफू अब रास्वपा सदस्य नरहेको घोषणा गरेका छन् । ‘म अहिले पार्टी सदस्य मात्रै थिएँ, मैले आफ्नो सदस्यता पनि त्यागेको छु, देवकोटाले भने ।

उनले अब पार्टीमा रहिरहन नचाहेको बताए । रवि लामिछाने शक्तिकेन्द्रमा रहँदा देवकोटा पार्टीको विभिन्न जिम्मेवारीमा थिए ।

देवकोटा केही समयअघि रास्वपा अनुशासन आयोगका प्रमुख थिए । तर, लामिछाने करागार चलान भएसँगै उनले घरभाडा पनि पाएका थिएनन् । घरभाडा नपाउँदा उनि खुसी थिएनन् ।

यस बीच, देवकोटाले रास्वपाको केन्द्रीय कार्यालय रहेको घर खाली गर्नको लागि दबाब दिएका छन् । जस कारण उनी र पार्टी बीचको दूरी झन् बढेको थियो । केही समयअघि पार्टी र देवकोटाबीच निर्वाचनसम्म घरमा बस्न दिने सम्झौता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 4 =