जुनियर खुला राष्ट्रिय बास्केटबल हुने

काठमाडौं । आगामी बुधवारदेखि काठमाडौंमा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा बुधवारदेखि खुला राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता हुने भएको छ ।

एञ्जल हार्ट नेसनल स्कुलको आयोजनामा सिनियर र जुनियर यु–१६ तर्पm समान चार टोलीको सहभागिता रहनेछ । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ ।

सिनियरतर्पm जेभियर इन्टरनेसनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड र ग्रान्ड स्टार्स तथा जुनियरमा बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वर्णिम कलेजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक एञ्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले यसपल्ट प्रतियोगिता खेल्न प्रवेश शुल्क नराखिएको बताए ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले युवा खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पहिलोपटक महिला सिनियर र जुनियरको टिमको प्रतियोगिता गराउन लागेको बताए । उक्त प्रतियोगिता कात्तिक २४ गतेसम्म हुनेछ ।

सिनियरमा हरेक टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् । जुनियतर्पm हरेक टोलीबीच एक खेल हुनेछ । सिनियरतर्पm विजेताले ४० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् ।

उपविजेताले २० र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन् । जुनियरमा भने पदक र प्रमाणपत्र मात्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =