माओवादलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाउन माधव नेपाल सहमति जनाउनुभएको छ : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले पार्टीको नाम माओवादी नराख्ने बित्तिकै माओवादी जनयुद्ध र माओवादी लिगेसी नरहने भन्ने नहुने बताएका छन् ।

मंगलवार विघटित केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राविधिक र आजको आवश्यकताअनुसारको राजनीतिक स्तरिकरण गरिएको स्पष्ट पारे ।

उनले माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्ने बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत आगामी दिनमा माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाएको स्पष्ट पारे । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर अघि बढ्ने बताए ।

उनले भने– ‘यो प्राविधिक र आजको आवश्यकताअनुसारको पार्टीहरुको स्तरीकरण हो । माओवादी पार्टीको नाम राखेनौँ भनेर माओवादी जनयुद्ध र माओवादी लिगेसी केही रहेन भन्ने ढंगबाट व्याख्या गरिनु गलत हो । हामी माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्नुपर्छ भनेका छौँ । माधव कमरेड लगायतका एकतामा आउने घटकहरुले पनि माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको छ । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर जान्छौँ ।’

उनले नेपालको कम्युनिष्ट आन्दोलनको पुनःगठन र ध्रुवीकरण नयाँ शिरामा गएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =