खेलकुद मन्त्रालय सुधार कार्ययोजना २०८२ सार्वजनिक, यी हुन् १२ बुँदा
२०८२ कार्तिक १८ गते

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ‘तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक गरेको छ ।
मन्त्रालयले नागरिकहरूको गुनासो सुन्न र समाधान गर्ने उद्देश्यले विभिन्न समयसीमा राखेर १२ बुँदामा आधारित एक कार्ययोजना सार्वजनिक गरेको हो ।
यस कार्ययोजनाअनुसार, मन्त्रालयले गुनासो कक्ष स्थापना गर्ने निर्णय गरेको छ । जसले युवासम्बन्धी विभिन्न मुद्दामा नागरिकहरूको गुनासो समेटेर समाधानको प्रयास गर्नेछ । गुनासो कक्षको कार्यान्वयनका लागि मन्त्रालयले ७ दिनको समयसीमा तोकेको छ ।
अर्को महत्त्वपूर्ण बुँदामा, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने प्रक्रियामा सुधार ल्याउने कुरा उल्लेख छ ।
मन्त्रालयले खेलाडी छनोट गर्दा मापदण्ड अनुसार खुला प्रतियोगिता गरिनेछ भन्ने कार्यविधि सार्वजनिक गर्न १५ दिनको समयसीमा तोकेको छ ।


२०८२ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








