जेनजी आन्दोलनमा प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना प्रहरी कार्यालयमा उपस्थित

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गर्ने आरोपमा ८ जना व्यक्तिहरू काठमाडौंको जिल्ला प्रहरी परिसरमा आफैं उपस्थित भएका छन् ।

सोमबार प्रहरी वृत्त जगातीले तोडफोडमा संलग्न रहेका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई हाजिर हुन आग्रह गरेको थियो ।

प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले आरोपित ८ जनाले प्रहरीको आह्वानपछि आफैं प्रहरी कार्यालयमा हाजिर भएका जानकारी दिए ।

आफैं उपस्थित हुने व्यक्तिहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ का ३४ वर्षीय रामशरण परियार, काभ्रेको बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, सर्लाहीका लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री, काभ्रेको नमोबुद्ध नगरपालिका–१ का २२ वर्षीय अमृत सुनुवार रहेका छन् ।

यस्तै महोत्तरीका सोनाम गाउँपालिका–८ का १८ वर्षीय प्रह्लादकुमार ठाकुर, भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बम्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय विकाश तामाङ रहेका छन् ।

उनीहरूलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =