कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव गए सर्वोच्च अदालत

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई पदबाट हटाउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

शाक्यले सोमबार दायर गरेको रिटमार्फत उत्प्रेषणको आदेश माग गरेका छन् । उनले मन्त्रीको निर्णय गैरकानुनी र अधिकार दुरुपयोग भएको दाबी गर्दै आफ्नो पद पुनःस्थापना गराउन अदालतसँग माग गरेका हुन् ।

शाक्यलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत ११ गतेका लागि चार वर्ष कार्यकाल रहने गरी प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

तर कार्यकालको छ महिनासमेत पूरा नहुँदै गत असोज ५ गते मन्त्री घिसिङले उनलाई पदबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए ।

शाक्यलाई हटाएपछि मन्त्री घिसिङले मनोज सिलवाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =