प्रधानमन्त्री कार्कीले भेटिन् सभामुख र राष्ट्रिय सभा अध्यक्ष
२०८२ कार्तिक १७ गते

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
सोमवार संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी थिए ।
२०८२ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








