सरकार प्रतिगमनतिर उन्मुख छ, सर्वोच्चले सच्याउँछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार प्रतिगमनतिर उन्मुख भएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले हालसम्म नेपालमा गठन भएका सबै अन्तरिम सरकारहरु सफल भएपनि वर्तमान सरकार भने सफल हुने बाटोतिर नलागेको बताए ।

जनताको सार्वभौम सत्तामा आधारित संविधानलाई कुल्चिएर बनेको सरकारले जननिर्वाचित संस्थालाई विघटन गरेर अलोकतान्त्रिक कार्य गरेको उनको भनाई छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको बताउँदै उनले विगतका नजिरका आधारमा पनि सर्वोच्चले संसद पुनःस्थापना गर्ने बताए ।

बहुमत प्राप्त सरकारले गरेको संसद विघटनलाई समेत उल्टाएको सर्वोच्चले संविधानले नै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्नेमा आफूलाई विश्वास नलागेको उनको भनाई छ । उनले सरकारलाई संवैधानिक परीक्षणबाट उत्रेपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न आग्रह गरे । संवैधानिक परीक्षणमा यो सरकार खरो सावित हुन सम्भव नरहेको उनको दाबी छ ।

उनले ६ महिनाभित्र चुनाव गराउने कार्यदेश पाएको वर्तमान सरकारले चुनाव गराउने बातावरण नै नबनाएको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई स्थानहद तोकेर सरकारले चुनाव गराउन नसक्ने दाबी गरे ।

प्रमुख पार्टीलाई स्थानहद तोक्ने र चुनाव गर्ने भन्नेकुरा अनुचित भएको बताए । सरकारलाई एमाले अध्यक्षको राहदानी रोक्का र स्थानहद तोकिएको निर्णय फिर्ता गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =