एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले वाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरु एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाए ।
उनले एमालेले राजसंस्था पुनःस्थापनमा जुटेकाहरुलाई एमाले नेतृत्वको सरकारले असफल बनाएकोले उनीहरु एमालेविरुद्ध लागेको बताए ।
यस्तै माओवादी केन्द्रलाई लक्षित गर्दै सरकारच्युत हुनुपरेकाहरु र अराजकताको विरुद्धमा प्रतिवाद गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरु नियोजित रुपमा एमाले विरुद्ध लागेको उनको भनाई छ । यी नै चार शक्तिका कारण नेपालमा जेन–जी आन्दोलनका नाममा अराजक गतिविधि भएको उनको दाबी छ ।
उनले भदौ २३ गतेको घटनामा प्रहरीले गरेको गतिविधिको पनि आलोचना गरे । नेपालमा धेरै राजनितिक आन्दोलन भएको उल्लेख गर्नुहुँदै उनले जेनजी आन्दोलनमा क्रममा प्रहरीले भीड नियन्त्रणको लागि अपनाएको विधि शंकास्पद भएको दोहोर्याए ।








