ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
२०८२ कार्तिक १६ गते

बैतडी । बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो ।
उनका नाति २० वर्षीय महेश साउद घाइते हुनुभएको छ । दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ ।
२०८२ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








