‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरणको तयारी

बैतडी । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ ।

गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको घाइतेहरूको सूची सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिँदै भने, “गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले हामीलाई (जिल्ला प्रशासन कार्यालय) पठाएको छ । त्यही सूची हामीले सार्वजनिक गरेका छौं ।”

गृह मन्त्रालयले पठाएको बैतडीका घाइते व्यक्तिहरूमा १९ वर्षीय दीपक साउँद, ३० वर्षीय मनिष ठगुन्ना, २४ वर्षीय हरिस भुल, २० वर्षीय वासु पुजारा, २३ वर्षीय लक्ष्मण भण्डारी र २५ वर्षीय हरिकृष्ण भट्ट रहेका छन् ।

सार्वजनिक गरिएको सूचीअनुसारका घाइते व्यक्तिहरूलाई सम्पर्क गर्न भनिएको उनले बताए । प्रजिअ पौडेलले भने, “घाइते परिचयपत्र वितरणका लागि सूचीअनुसारका व्यक्तिलाई सम्पर्क गर्न भनेका छौं । सम्बन्धित स्थानीय तह र प्रहरीले सूचीअनुसारकै व्यक्ति रहेको यकिन गरेपछि घाइते परिचयपत्र वितरण गर्छौं ।” गृह मन्त्रालयबाट प्राप्त सूची जिल्ला प्रशासन कार्यालयले यहाँका सबै स्थानीय तहहरूमा समेत पठाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =