दुबईमा नेपालको कठिन परीक्षा : अमेरिकाले टस जितेर बलिङ रोज्यो

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत आज दुबईस्थित आईसीसीए मैदानमा नेपाल र शीर्ष स्थानमा रहेको अमेरिकाबीचको बहुप्रतिक्षित खेल हुँदैछ । नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने यस महत्त्वपूर्ण खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ, जसपश्चात नेपालले ब्याटिङ थालेको छ ।

नेपालका लागि यो खेल अंक तालिकामा आफ्नो स्थिति सुधार्न ‘गर या मर’ को अवस्था सिर्जना गरेको छ। लिग-२ को यात्रामा नेपालले हालसम्म उतारचढावपूर्ण प्रदर्शन गरेको छ । पछिल्ला पाँच खेलमा दुई जित र तीन हार भोगेको नेपाललाई आजको खेलमा अमेरिकाजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती छ ।अर्को

तर्फ, अमेरिका लिग-२ मा हावी भएको छ। २२ खेल खेल्दै १६ मा जित र ६ मा हारका साथ ३२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको अमेरिका निकै आत्मविश्वासी देखिन्छ । अमेरिकाले आफ्ना पछिल्ला पाँचमध्ये चार खेलमा जित हासिल गर्दै आफ्नो बलियो उपस्थितिलाई थप प्रमाणित गरेको छ ।

आजको खेलमा नेपालले ब्याटिङमा सुधारिएको प्रदर्शन गर्नुपर्ने आवश्यकता छ । अमेरिकाको धारिलो बलिङ आक्रमणविरुद्ध नेपाली ब्याट्सम्यानहरूले संयमित र जिम्मेवारपूर्ण इनिङ्स खेल्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =