महिला आयोगको काम सिलाई, बुनाइको होइन: उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रहरी नायव महानिरीक्षक (डिआइजी) नियुक्तिमा महिलाको प्रतिनिधित्व हुन नसकेको भन्दै आपत्ति जनाएकी छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएकी हुन् ।

उनले अन्तरिम सरकारले हालै पाँच जनालाई डिआइजीमा मा बढुवा गर्दा महिला एक जना पनि नपरेको गुनासो गरिन् । उनले महिला आयोगको काम सिलाइ बुनाइको नभएको बताइन् ।

महिला आयोगको काम सरकारी निकायहरूमा महिलाको अधिकार सुनिश्चित भएको छ की छैन भनेर हेर्ने रहेको जिकिर गरिन् । आफूलाई केही कार्यक्रममा पूर्वउपसभामुख भन्ने गरेकोप्रति पनि रोष प्रकट गरिन् ।

उनले भनिन् ‘अहिले मैले हिजोअस्ति एउटा समाचार पढिरहेको थिएँ । पाँच जना डिआइजी नियुक्ति भयो । एक जना पनि महिला भएको छैन । महिला आयोगको काम सिलाइ बुनाइको होइन के । महिला आयोगको काम त महिलाले कति अधिकार पाए, पाएकी पाएनन् ? हरेक निकायमा सुनिश्चित छ की छैन भनेर हेर्नुपर्छ । सरकारलाई लागू गर्ने कुरामा घच्घच्याउनुपर्छ । मलाई पूर्वउपसभामुख भने केही ठाउँमा । म अहिलेको उपसभामुख हो नि । सरकारले मात्रै देश चलाउने हो र ? न्यायपालिका छ, व्यवस्थापिका छ ।’

उपसभामुख रानाले सभामुख, उपसभामुखको कामबारे जनतालाई बुझाउन जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =