कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज: १५ औं महाधिवेशन मुख्य एजेन्डा

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्दैछ । यसअघि असोज २८ गतेदेखि सुरु भएको बैठक तिहार र छठ पर्वका कारण स्थगित भएको थियो ।

बैठकको मुख्य एजेन्डा पार्टीको १५ औं महाधिवेशन रहेको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिने हुँदा नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा छलफल हुनेछ । केही नेताहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेका छन् ।

यसअघिको बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । उनकै सभापतित्वमा आजको बैठक बस्नेछ । बैठकमा गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्था र पार्टीको भूमिकाबारे पनि छलफल हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − sixteen =