आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता

कञ्चनपुर । मौसममा आएको परिवर्तनका कारण यहाँका आलुखेती गर्दै आएका किसानलाई समस्या परेको छ ।

आलु रोप्ने चटारोमा रहेका किसानले तीन दिनदेखि आकाशमा बादल लागेर पानी पर्ने जस्तो मौसम भएपछि आलु रोप्न नपाएका हुन् । आलु रोपेका किसानलाई पनि वर्षा भए बिग्रने चिन्ताले सताउन थालेको छ ।

बेदकोट नगरपालिका–१ का किसान गोपाल रानाले तीन दिनअघिमात्र पाँच कठ्ठामा आलु रोपेको बताए । ‘वर्षा होलाजस्तै छ’, उनले भने, ‘वर्षा भए रोपेको आलुको बीउ नै कुहिने डर छ, निकै चिन्तित छौँ, वर्षा भए रोपेको आलु त बिग्रिन्छ नै, रोप्नका लागि ठिक्क पारिएको खेतमा पानी जम्ने भएकाले खेती गर्न ढिलो हुँदा उत्पादनमा असर पर्छ ।’ वर्षा भए खेतमा पानी जम्ने, आलुको बीउ उम्रिन ढिलो हुने र रोग कीरा बढ्ने समस्या हुनसक्ने कृषि प्राविधिक सन्तोषबहादुर सिंहले बताए ।

कञ्चनपुरमा आलु प्रमुख नगदे बालीका रूपमा रहेको छ । पछिल्ला वर्षहरूमा अनियमित वर्षा र जलवायु परिवर्तनका कारण किसानले समस्या भोग्दै आएका छन् । सिँचाइ प्रणालीमा सुधार र मौसम अनुकूल प्रविधि अपनाउन सके मात्र आलुलगायतका तरकारी उत्पादनलाई व्यवस्थित बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =