मानव अधिकार आयोगद्वारा दुर्गा प्रसाईँसँग छलफल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग छलफल गरेको छ ।
आयोगले बुधवार प्रसाईँसँग छलफल गरेको हो । प्रसाईँले मंसिर ७ गतेदेखि आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो । आन्दोलनका स्वरूपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईँले जानकारी दिए ।
उनले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गरे । उनले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताए ।
उनले व्यवस्था परिवर्तनको गर्नको लागी आन्दोलन गर्न लागेको पनि बताए । उनले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गरे ।
आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उनले जानकारी दिए ।
उनले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गरे ।








