विपिनको नामबाट भीमदत्तले चोक नामकरण गर्ने, दुई लाख राहत
२०८२ कार्तिक १२ गते

महेन्द्रनगर । इजरायलमा हमासको नियन्त्रणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
मंगलबार नगर प्रमुख पदम बोगटीले किरियामा रहेका विपिनको परिवारलाई भेटेर समवेदनासहित पालिकाबाट दुई लाख रुपैयाँ सहयोग गर्ने बताएका थिए । उनले सो क्रममा विपिनको सम्झनामा चोक बनाउने घोषणा गरे ।
दुई वर्षअघि लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले बन्धक बनाएको थियो ।
पछि युद्धविरामअन्तर्गत अन्तिम समयमा २७ असोज २०८२ मा विपिनको शव हमासले इजरायललाई बुझाएको थियो ।
४ कात्तिकमा महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो ।
२०८२ कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित








