लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै दलको साझा जिम्मेवारी: कार्यवाहक प्रमुख आयुक्त

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिबद्ध रहेको पनि बताए । मुलुक विषम राजनीतिक संकतबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनमा प्रतिस्पर्धामा सहभागी नहुने दलहरू लक्ष्मणरेखाभन्दा बाहिर रहने पनि टिप्पणी गरे ।

उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरूलाई आग्रह पनि गरे ।

उनले भने ‘हामीसँग अहिले आएको दायित्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनको लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरू प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मणरेखाभन्दा बाहिर रहन्छौँ । त्यसकारण मुलुकको संरक्षण गर्नु नै हाम्रो दायित्व भन्ने पवित्र सोच र विचार राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न आउनुभएको छ यहाँहरूलाई निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत गर्दछु ।’

उनले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाल सबैमा आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =